सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ५३ हजार

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रतिक्रिया