विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

प्लास्टिकजन्य प्रदूषण निर्मूल पर्ने नारा तय

environmentday

आज विश्व वातावरण दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रुरुरुयस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिएको छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देशमार्फत हामी सबैले आफ्नो घरवरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्ने जनाएका छन् ।विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लास्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको पनि सन्देशमा उल्लेख छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास राष्ट्रपति पौडेलेको छ ।

प्रतिक्रिया