कमलाको पक्षमा माहोल बनाउँदै भारतीयहरु,आप्रवासीलाई ट्रम्पको डर

एजेन्सी । अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिसको पक्षमा भारतीय– अमेरिकनहरु खुलेर लागेका छन् । 

अमेरिकामा बस्दै आएका भारतीय नागरिकहरु जो अमेरिकाका नागरिक बनेका छन् उनीहरुले कमलालाई भोट दिनुस भन्दै बिभिन्न अभियान समेत चलाउन थालेका छन् । त्यतिमात्रै होइन दक्षिण एशियाबाट अमेरिका गएर बसेकाहरुलाई पनि उनीहरुले भिभिन्न प्लेकार्डमार्फत कमलालाई भोट हाल्न अपिल गर्दै ह्वाट्सएपमा जोडिने गरेका अमेरिकी समाचार सीएनएनले जनाएको छ । खास गरी अर्का राष्ट्रपतिका  उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा बसेका आप्रवासीप्रति कस्तो नीति लिन्छन् भन्ने डर छ । किनकि ट्रम्प आप्रवासीका लागि निकै कडा मानिन्छन् । 

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुदैछ । त्यसका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार ट्रम्पले उम्मेदवारी दिएका हुन् भने डेमोक्र्याटिक पार्टीका तर्फबाट कमलाले उम्मेदवारी दिएकी हुन् । अरु केही स्वतन्त्र उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा ट्रम्प र कमलाबीच हुने बताइएको छ । कमला भारतीय मूलकी नागरिक हुन् । उनका बाबु भारतीय र आमा जमैकन नागरिक हुन् । 

डेमोक्र्याटिक पार्टीका वर्तमान राष्ट्रपति जो वाइडेनले  चुनाव नलाग्ने घोषणा गरेपछि सो पार्टीबाट कमलाले टिकट पाएकी हुन् । उनी हाल अमेरिकाको उपराष्ट्रपति छिन् । भारतीय अमेरिकीहरू ऐतिहासिक रूपमा अमेरिकी चुनावमा राजनीतिक शक्ति बनेका छैनन् तर पनि उनीहरुको भूमिका कमलाका लागि महत्वपूर्ण भने रहनेछ । 
 

प्रतिक्रिया