रक्षाबन्धनमा घर फर्किदै गरेका  १० को दुर्घटनामा परेर मृत्यु

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित बुलन्द शहरमा सडक आइतबार भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । 

आइतबार सो शहरको सलेमपुर–बदौन सडकमा बस र म्याक्स पिकअप गाडी ठोक्किदा १० जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दुर्घटनामा परेर अन्य २७ जना घाइते भएका छन् । उनीहरु भोलिको रक्षाबन्धनका अवसरमा घर फर्किरहेको अवस्थामा दुर्घटनामा परेका बुलन्द शहरका जिल्लाधिकारी सीपी सिंहले जानकारी दिए । 
 

प्रतिक्रिया