चर्चित फ्रान्सेली अभिनेता एलेन डेलोनको निधन

एजेन्सी । फ्रान्सेली फिल्म अभिनेता एलेन डेलोनको ८८ वर्षको उमेरमा निधन भएको छ ।

अभिनेता डेलोन फ्रान्सेली सिनेमाको सुनौलो युगको एक तारा मानिन्थे ।  उनी समुराई र बोर्सालिनो लगायतका हिट फिल्ममा  उनको भूमिका निकै रुचाइएको थियो । 

बीबीसीका अनुसार उनको फ्रान्सको डोचीमा रहेको आफ्नै घरमा निधन भएको हो । पछिल्लो समय अभिनेता डेलोनको स्वास्थ्य अवस्था खराव रहेको थियो । पेरिसको दक्षिणी उपनगर स्काउक्समा उनको जन्म भएको थियो ।  डेलोनको बाल्यकाल उथलपुथल र संघर्षपूर्ण रुपमा बितेको  थियो ।

उनलाई बाल्यकालमा  आमाबाबुको सम्बन्धविच्छेद भोग्नुपरेको  र बारम्बार स्कूलबाट निष्कासन गरिएको थिया । उनले फ्रेन्च मात्रै नभएर अग्रेजी र युरोपियन फिल्ममा पनि उत्कृष्ट भूमिका निभाएका थिए । 

प्रतिक्रिया