इजरायल विरुद्ध कडा अडान लिन संयुक्त राष्ट्र संघलाई लेवनानको आग्रह
काठमाडौं । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्र संघलाई इजरायल विरुद्ध “कडा अडान लिन“ आह्वान गरेका छन् ।
लेवनानमा मंगलबार र बुधवार भएको श्रृखलावद्ध वाकीटकी र पेजर विस्फोटबाट ३७ जनाको मृत्यु र ४ हजार मानिस घाइते भएपछि लेवनानका प्रधानमन्त्रीले यसो भनेका हुन् । इजरायल लेवनानको हिजबुल्लाह लडाकुको संचार उपकरणको भित्री भागसम्म पुगेर आक्रमणमा उत्रिएको मिकातीको दाबी छ ।
वाकीटकी र पेजर विस्फोटमा इजरायलको जासुसी एजेन्सी मोसादको हात रहेको उनको भनाई छ । मिकातीले एक विज्ञप्तिमा इजरायलले प्राविधिक युद्ध छेडेको आरोप लगाएका छन् । इजरायली आक्रमणलाई रोक्नु लेबनानको मात्र नभई सम्पूर्ण मानवताको लागि भएको पनि उनको भनाई छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक शुक्रबार बस्दैछ । त्यसअघि लेवनानी प्रधानमन्त्रीले यस्तो बताएका हुन् । इजरायलले भने वाकीटकी र पेजरहरूमा भएको आक्रमणको बारेमा टिप्पणी गरेको छैन।
इजरायलमाथि गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी आक्रमण गरेपछि इजरायलले हमासमाथि आक्रमण शुरु गरेको थियो । अक्टोबर ७ मा हमासका लडाकु इजरायलमा छिरेर १२ सय भन्दा बढी इजरायली नागरिकको निर्मम तरीकाले हत्या गरेका थिए । २५० जना इजरायली नागरिकलाई हमासले अपहरण समेत गरेको थियो । त्यसमा नेपालका बिपिन जोशी समेत रहेका छन् । केहीलाई छोडे पनि अझै धेरैको अवस्था अज्ञात छ । इजरायलको आक्रमणमा पनि ४० हजार प्यालेष्टिनीको मृत्यु हमासको दाबी छ ।
आफ्नो देशमाथि भएको आक्रमणको बदलामा हमासमाथि इजरायलले युद्ध शुरु गरेको थियो । हमासलाई हतियार लगायत बिभिन्न युद्धका सामग्री उपलब्ध गराउन बिभिन्न देशमा रहेका मुस्लिम लडाकूहरुले सहयोग गरिररहेको इजरायलले अनुसन्धानमा पत्ता लगाएपछि लेवनानको हिजबुल्लाह लक्षित आक्रमण गरेको हो
क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प
पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २ सय विस्थापित
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा फर्किदै,आम आदमीका केजरीवाल पराजित
सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्दै चीन

प्रतिक्रिया