राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहितको टोली रुस भ्रमणका लागि प्रस्थान

काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल लगायतको ८ सदस्यीय टोली रुस प्रस्थान गरेको हो । प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशको संसदबीच सम्झौता हुने बताए । उनले भ्रमणका क्रममा रुसका ९ जना उच्चस्तरीय व्यक्तिहरुसँग भेट गर्ने कार्यसूचि रहेको पनि जानकारी दिए ।


त्यस्तै, भ्रमण टोलीका सदस्य वामदेव गौतमले भ्रमण दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा हुन लागेको बताए । रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमणमा पहिलो पटक बोलाएको बताउँदै उनले भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया