दर्जनौं कुकुरलाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलायती प्राणी विज्ञलाई १० वर्षको जेल सजाय

एजेन्सी । अस्ट्रेलियामा दर्जनौं कुकुरलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना बेलायती नागरिकलाई १० वर्षको जेल सजाय सुनाइएको छ । 

प्रशिद्ध गोही विश्लेषकका रुपमा रहेका एडम ब्रिटनले पशुप्रति अति क्रुर व्यवहार देखाएको आरोपमा  १० वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । 

बीबीसी र नेशनल ज्योग्राफिकको प्रोडक्सनमा समेत काम गरेका  ब्रिटनले पशुपन्छी र पशु क्रूरता सम्बन्धी ५६ वटा आरोप लगाइएको छ । उनले आफ्नो गल्ती स्वीकार गरिसकेका पनि जनाइएको छ । उनलाई बाल दुव्र्यवहारमा दोषी पाइएको बीबीसीले जनाएको छ । 

अष्ट्रेलियाको अदालतले ५६ वर्षीय प्राणी बिज्ञ ब्रिटनलाई जनावरहरूलाई यातना दिँदै  फिल्म बनाएको र त्यसपछि छद्म नाममा भिडियोहरू अनलाइनमा राखेको अभियोगमा पनि दोषी ठहर गरेको छ । 

अष्ट्रेलियाली एसोसिएटेड प्रेसका अनुसार अष्ट्रेलियाको अदालतका प्रधानन्यायाधीश माइकल ग्रान्टले ब्रिटनको भ्रष्टता कुनै पनि सामान्य मानिसको भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् । ब्रिटनलाई उजुरी परेपछि सन् २०२२ मा पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा उनको पशु क्रुरता पत्ता लागेको हो । 

प्रतिक्रिया