टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं  । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेट मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।  ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । 

एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो । 
रासस

प्रतिक्रिया