गत वर्ष १० वटा वाणिज्य बैंकहरुले नाफा बढाउँदा १० वटाले भने घटाए

काठमाडौं ।  वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको विवरणात्मक आधारमा  झण्डै ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 
आर्थिक वर्ष २०७९ /८० मा वाणिज्य बैंकहरूले ५६ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकहरूको नाफा १३दशमलव ४० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा  १० वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ भने १० वटा वाणिज्य बैंकहरूको नाफा बढेको छ। 
गत आर्थिक वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको छ। सो बैंकले गत आर्थिक वर्ष ७ अर्ब ६ करोड खुद नाफा गरेको  छ। नबिल बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०दशमलव २३ प्रतिशतले बढेको छ।

ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,प्रभु बैंक,प्राइम कर्सियल बैंकले नाफा बढाएका छन् । त्यसैगरी  कुमारी बैंक, कृषि विकास बैंक,लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक  नेपाल एसबिआई बैंकको खुद नाफा कमाउन सफल भएका छन् । 
उता स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्ष सबैभन्दा धेरै खुद नाफा गरेको एनआईसी एसिया बैंकको नाफा गत आर्थिक वर्षमा  घटेको छ। यस्तै नेपाल बैंक लिमिटेड,एनएमबी बैंक,सिटिजन्स बैंकको नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । यसैगरी सानिमा बैंक,राष्ट्रिय वाणिज्य बैंक,सिद्धार्थ बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । यीमध्ये गत आर्थिक वर्ष सबैभन्दा कम नाफा कमाउने माछापुच्छ्रे बैंक बनेको छ । 

प्रतिक्रिया