पाटन उच्च अदालत बारको निर्वाचन मनोनयन दर्ता प्रक्रिया शुरु

काठमाडौ । पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ । आज उच्च अदालत परिसरमा निर्वाचनका लागि मनोनयन दर्ता शुरु भएको हो । तर स्वतन्त्र कानून व्यवसायी मञ्चले भने प्यानल उठाएर आफ्नो आफ्नो ल्याउने र अरुलाई प्रतिष्पर्धा गर्न रोक्ने काम भएको भन्दै बिरोध जनाएको छ । समावेशी लागू नगरेको र मनोनयन दर्ताका लागि शुल्क बढी भएको उनीहरुको आरोप छ । 
केही अधिवक्ताले स्वतन्त्र कानून व्यवसायी मञ्च पार्टीको झण्डा बोकेर बारको निर्वाचनमा आएको आरोप लगाएका छन । समावेशिताको चर्को नारा दिएर मात्रै नहुने भन्दै कानून बमोजिम निर्वाचन गराइरहेको उनीहरुको दाबी छ ।  
मनोनयन दर्ताका लागि २०७५ सालमा तोकिएको रकम भन्दा बढी रकम नलिएको दाबी समेत गरिएको छ । 

प्रतिक्रिया