बंगलादेशमा रहेका नेपालीलाई सर्तकता अपनाउन दूतावासको अनुरोध

काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बनेपछि दूतावासले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

“बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बंगलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बंगलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,” दूतावासले भनेको छ ।

दूतावासले बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किइसकेको समेत जनाएको छ । हाल बाँकी करिब ४०० विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले उल्लेख गरेको छ ।

बंगलादेशमा रहेका नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा रहेको सूचनामा जनाइएको छ । “नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरूले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” दूतावासले भनेको छ ।

प्रतिक्रिया

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण ब…

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि  :  उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि :  उपाध्यक्ष घिमिरे

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्र…

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि  र आगामी योजना सार्वजनिक

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक