काभा महिला भलिवलमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

काठमाडौं । श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा पहिलो जित दर्ता गराएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतबार भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 

श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५–२२ ले जित्यो भने दोस्रो सेट २५–१२ ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट २५–१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै श्रीलङ्काले सेमिफाइनल यात्रा तय गरेको छ । पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो ।

श्रीलङ्काले यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा हार ब्यहोरेको थियो । माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३–० को सेटमा पराजित भएको थियो । यस खेलसँगै उक्त प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । सेमिफाइनमा नेपाल, भारत, इरान र श्रीलङ्काले स्थान पक्का गरेका छन् । 

प्रतिक्रिया