बंगलादेशमा फेरी चर्कियो आन्दोलन,२५ जनाको मृत्यु,कर्फ्यू आदेश जारी

एजेन्सी । बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदकोको राजीनामाको माग गर्दै  हजारौको संख्यामा भएको प्रदर्शनमा २५ जनाको मृत्यु भएको छ । 

आइतबार प्रदर्शनमा उत्रिएका प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा  २५ जनाको मृत्यु भएको हो ।
गत हप्तादेखि नै बंगलादेशमा बिद्यार्थीहरु आरक्षणको बिषयलाई लिएर प्रदर्शनमा उत्रिएका थिए ।

विद्यार्थीहरुको आन्दोलनमा त्यहाँका नारिक समेत सामेल भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केही दिन अघि मत्थर भएको भनिएको आन्दोलन फेरी चर्किएको हो । 

बंगलादेशको राजधानी ढाका लगायतका विभिन्न स्थानमा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको छ । २ सय  जना घाइते भएका छन् ।

राजधानी ढाकामा, मोबाइल उपकरणहरूमा इन्टरनेटको सुविधा काटिएको छ । बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी) का एक अधिकारीले  बताएअनुसार ढाका क्षेत्रमा फोरजी इन्टरनेट सेवा हालका लागि बन्द गरिएको छ, तर ब्रोडब्यान्ड सेवा जारी रहनेछ।

संचारमाध्यमहरुका अनुसार  अनुसार उत्तरी जिल्ला बोगरा, पबना र रंगपुरसहित देशभर मृत्यु र घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार राति साँझ  ६ बजेदेखि  कर्फ्यूको घोषणा गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कर्फ्यू  अनिश्चितकालका लागि जारी रहनेछ ।

राजधानीको एक मुख्य चोकमा हजारौं मानिस भेला भएका छन् भने शहरका अन्य भागमा पनि हिंसात्मक घटना भएका छन् ।

 

 

प्रतिक्रिया