यो सरकारले स्टन्टबाजीका रुपमा कुनै काम गर्दैन: प्रधानमन्त्री ओली

एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले स्टन्टबाजीको रुपमा सरकारले कुनै पनि काम नगर्ने बताए। 
माओवादीलगायतका प्रतिपक्ष दलले प्रतिगमनका लागि कांग्रेस(एमालेले संविधान संशोधनको विषय उठान गरि  आलोचना गरिरहेको भन्दै समारोहमा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताए ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस(एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको बताए । उनले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।

सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको प्रधानमन्त्रीको भनाइ छ ।
संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा  प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि उनले आग्रह गरे।  
ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी पनि दिए ।

प्रतिक्रिया