चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री गरे डबिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । 

उनले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् ।

वास्तविक घटनामा आधारित रहेर बनेको चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीकै भुमिका निर्वाह गरेका छन् । रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र , आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । 

३३ जना एसिड आक्रमणका पीडितको कथालाई चलचित्रमा समेटिएको छ। शिवम् अधिकारीले यसको कथा लेखेका हुन्। 

प्रतिक्रिया