नेपाल काभा बिच भलिबलको फाइनलमा

काठमाडौँ, । नेपालको महिला राष्ट्रियबिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । 

कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेका हुन् । 

भुटानको राजधानी थिम्पुमा आज शनिबार भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र  २१–१२ अङ्कले हराएको हो । 

यस्तै, पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार नै  माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् । 

प्रतिक्रिया