चर्चित मोडलको पूर्वपतिको परिवाराद्वारा विभत्स हत्या

एजेन्सी । हङकङबाट १७ माइल टाढा रहेको ताई पोमा गाउँमा  चर्चित सुपर मोडल एबी चोईको टुक्रा टुक्रा पारि हत्या गरिएको छ । 

अन्तराष्ट्रिय सच्चारमाध्यामका अनुसार  ३० वर्षीया मोडल एबी को  शव उनको घरमा नै भेटिएका हो । प्रहरीले  घरभित्र पस्दा भुइँ र शरीरका लुगा  रगतले भिजेको थियो, जहाँ  प्रहरी उभिनसमेत गाह्रो भएको थियो । घरमा जताततै सडेको गन्ध आइरहेको थियो । प्रहरीले उक्त दृश्यलाई हृदयविदारक भएको बताएका छन् ।  मोडल एबीको शरीरका टुक्राहरूलाई ठूला स्टेनलेस स्टीलका भाँडोमा पकाइएको थियो। जब सूपले भरिएको भाँडोको जाँच गरियो, त्यसमा मोडल एबीको टाउको थियो।

पछि घरको फ्रिज खोल्दा मोडल एबीका खुट्टा र करङ भेटिएको थियो । रगत जमेको थियो, तर उनको शरिरका मासु ताजा थियो। शरीरका अंगहरु पूरा नभएका कारण एबीले अन्तिम संस्कारका लागि ४ महिना कुर्नुपरेको थियो । 

सन् १९९४ मा एबी चोइको जन्म हङकङको एक साधारण परिवारमा भएको थियो । उनको वास्तविक नाम चोई टिन फङ थियो, जुन मोडलिङ संसारमा प्रवेश गरेपछि परिवर्तन भएको थियो। बाल्यकालदेखि नै एबीको ग्ल्यामरस संसारतिर झुकाव थियो । किशोरावस्थामा नै उनले सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिभा देखाउन थालेकी थिइन् । समयसँगै उनका फलोअर्सको संख्या बढ्दै गयो । मोडल एबीको  केही समयपछि  लाखौं फलोअर्स भए । 


मोडल एबीले हङकङमा आफ्नो सौन्दर्य र सृजनात्मकताबाट प्रभावशाली व्यक्तिको रूपमा पहिचान पाउन थालिन्। उनको लोकप्रियता बढ्दै गएपछि उनलाई मोडलिङको अफर पनि आउन थाल्यो । आफ्नो सुन्दरताले एबीले केही वर्षमै मोडलिङको संसारमा उच्च स्थान हासिल गरिन् । पेरिस फेसन वीकदेखि लिएर प्रसिद्ध अन्तर्राष्ट्रिय म्यागजिन एले, हार्परको बजार र भोगको कभर पेजमा पनि उनले स्थान पाएकी थिइन् ।

बढ्दो सफलतासँगै एबीको ख्याति पनि बढ्न थाल्यो । १८ वर्षको उमेरमा, एबीले १००  मिलियन हङकङ डलर कमाइसकेकी थिइन् । उनले आफ्नो पूर्वपति एलेक्सको भाइ एन्टोइनलाई आफ्नो गाडी चालकको रूपमा काममा राखेकी थिइन्। एबीले आफ्नो ससुराको नाममा हङकङको सबैभन्दा चर्चित क्षेत्र  एउटा लक्जरी अपार्टमेन्ट किनेकी थिइन् ।  १८ वर्षीको  उमेरमा एबीले सन् २०१२ मा एलेक्स क्वाङसँग विवाह गरेकी थिइन् । विवाह भएको एक वर्षमै एबीले छोरीलाई जन्म दिइन् ,र अर्को दुई वर्षपछि उनले  दोस्रो छोरीलाई जन्म दिइन् । 

विवाहको तीन वर्षपछि, एबीले   एलेक्ससँग सम्बन्ध विच्छेद गरेर, क्रिस ट्याम फोंग चुनसँग विवाह गरीन् । सम्बन्धविच्छेद पछि, एबीले दुवै बच्चाहरूलाई आफुसँग नै राखिन् । सम्बन्ध विच्छेद पछि पनि उनको पूर्व पतिका भाई एन्टोइनले नै उनको गाडी चलाउने गर्थे । 

एबी आफ्नी छोरीलाई स्कुलबाट लिन गएको बेलामा बेपत्ता भएकी थिइन् ।  उनको अपहरण भएको भनेर परिवारले प्रहरीमा समेत खबर गरेका थिए ।  जब हङकङ प्रहरीले अनुसन्धान थाल्यो, उनीहरूले एउटा सीसीटीभी फुटेज फेला पारे जसमा  एबी चालकलाई पर्खिरहेकी थिइन् । सीसीटीभी फुटेज हेरेपछि  प्रहरीले ड्राइभर एन्टोनीको फुटेज फेला पारेको थियो,  प्रहरीले एन्टोनीलाई शंकास्पद अवस्थामा पक्राउ गरेर हिरासतमा लिएको  थियो । 

एबीका पूर्व पति एलेक्सले समुद्री मार्गबाट ​​भाग्न खोजेको जानकारीबाट प्रहरीले सूचना पाएपछि तीन जना पक्राउ परेका थिए। प्रहरीले बुद्धिमानीपूर्वक एलेक्स उनको भाई एन्टोनी र बुबा क्वाङलाई पक्राउ गर्‍यो ।

एबीको यस्तो हत्यामा उनको पूर्वपति र उनको को परिवार सग्लंन रहेको प्रहरीले जनाएको छ ।  यस हत्यामा प्रमुख योजनाकार  क्वाङ  थिए, जसले महिनौं अघि हत्याको योजना बनाएका थिए। फेब्रुअरी २०२३ मा उनले काउलुन टोङबाट १७ माइल टाढा एउटा घर भाडामा लिएका थिए।

बाबुको निर्देशनमा, ड्राइभर बसेका छोरा एन्टोनीले एबीलाई उठाए र उनलाई काउलुन टोङमा लगे, र कारमै उनको हत्या गरे। हत्यापछि एन्टोनीले उनको शव सेतो प्लास्टिकको झोलामा राखेर घर लगेका थिए । यो घटना सीसीटीभी फुटेजमा पनि कैद भएको छ ।

हत्यापछि उनले एबीको शव तीनतले घरमा शव काटिएको थियो। घरमा अन्य तीन अभियुक्त पनि उपस्थित थिए । त्यही घरमा मासु कटर र इलेक्ट्रिक कटरको सहयोगमा चारै आरोपीले मिलेर एबीको शरीरलाई धेरै टुक्रा पारे । फेब्रुअरी २७ मा हत्या भएको एक साताभित्रै हङकङ प्रहरीले सबै अभियुक्तमाथि हत्याको आरोप लगाएको थियो । अहिले यो मुद्दा अदालतमा चलिरहेको छ ।  

किन भयो एबीको हत्या 

एबीले २०१९ मा काउलुनमा एउटा लक्जरी अपार्टमेन्ट किनेकी थिइन्। यो अपार्टमेन्टको मूल्य ७ करोड हङकङ डलर थियो, यो अपार्टमेन्ट  क्वाङको नाममा थियो । । उनको मृत्युको केही महिना अघि, एबीले यो अपार्टमेन्ट बेच्न चाहन्थिन ।  जसको लागि उनले आफ्नो नाममा दर्ता गराइरहेकी थिइन्। क्वाङ काओको परिवार यस घरमा बस्ने गर्दथे, त्यसैले उनी घर बेच्ने निर्णयबाट असन्तुष्ट थिए। जब एबीले घरको बेच्न खोजिन   क्वाङको सबै परिवार मिलेर उनको  हत्या गरिएको प्रहरीले बताएको छ । 


 

प्रतिक्रिया