भारतको  नयाँ संसद भवन जलमग्न भएपछि उठ्यो प्रश्न


एजेन्सी । भारतको दिल्ली स्थित नयाँ संसद भवन गत  बुधबारको वर्षाका कारण  जलमग्न भएपछि बिपक्षी दल कांग्रेसले यसमा प्रश्न उठाएको छ । 
गत जेठमा मात्रै सो संसद भवन निर्माण सम्पन्न भएपछि संचालनमा ल्याइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका थिए । वर्षापछि संसद भवनको लबीमा पानी चुहिएर धेरै ठाउँ डुबानमा परेको थियो ।

संसदमा जलमग्नताको विषयमा प्रश्न उठाउँदै कांग्रेसले यसको छानविन हुनुपर्ने माग गरेको छ ।  भारतका राष्ट्रपति जुन बाटोबाट नयाँ संसद भवन प्रवेश गर्छन  त्यही बाटोमा डुवानको समस्या देखिएको जनाइएको छ ।  यो घटनाले भवन निर्माण भएको एक वर्ष मात्रै बितेको अवस्थामा भवनमा प्रयोग गरिएको निर्माण सामग्री लगायतको विषयमा प्रश्न उठाइएको छ ।

भारतीय कांग्रेस पार्टीका सांसदले ‘यो समस्या समाधान गर्न सबै दलका सांसद सम्मिलित विशेष समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ संसद भवन बनाउन ९७० करोड भारतीय रुपैयाँ खर्च भएको थियो ।  

प्रतिक्रिया