हमासका सैन्य प्रमुख मोहम्मद डेफ मारिएको इजरायलको दाबी

एजेन्सी । इजरायलको सेनाले हमासका सैन्य प्रमुख मोहम्मद डेफ मारिएका दाबी गरेको छ । 

गत महिना गाजा पट्टीमा भएको हवाई हमलामा डेफ मारिएको इजरायली सेनाले  पुष्टि गरेको हो ।
१३ जुलाईमा खान युनिस क्षेत्रको कम्पाउण्डमा भएको स्ट्राइकमा डेफलाई निशाना बनाइएको थियो। तर उता हमासले उनको मृत्युको पुष्टि गरेको छैन ।

इजरायलले दक्षिणी इजरायलमा गत अक्टोबर ७ मा आफ्नो देशमा भएको हमलाको योजना बनाउनका लागि जिम्मेवार व्यक्ति मध्ये डेफलाई एक योजनाकार मानेको छ । इजरायमाथि भएको सो हमलाम  १ हजार २ सय इजरायली नागरिक  मारिएका थिए।
 गत बुधबार इरानको राजधानी तेहरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हनियाह र लेबनानको राजधानी बेरुतमा इजरायली हवाई हमलामा मारिएका हेजबुल्लाहका वरिष्ठ कमाण्डर फुआद शुक्रको हत्यापछि इजरायलले यस्तो घोषणा गरेको हो। इजरायली सेनाले जारी गरेको  एक विज्ञप्तिमा मोहम्मद डेफ १३ जुलाईको स्ट्राइकमा मारिएको जनाएको छ । 

उता गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले हवाई हमलामा ९० जनाभन्दा बढीको ज्यान गएको बताए पनि मृतकमध्ये डेफ पनि रहेको कुरा अस्वीकार गरको छ ।

मोहम्मद डेफ हमास आन्दोलनको सैन्य शाखा इज्जेदिन अल–कासम ब्रिगेडका प्रमुख थिए।
सन् १९८९ मा इजरायली अधिकारीहरूले उनलाई कैद गरेका थिए, त्यसपछि उनले इजरायली सैनिकहरूलाई पक्रने उद्देश्यले ब्रिगेड बनाएका थिए।

इजरायलले उनलाई  सन् १९९६ मा दशौं इजरायलीहरूलाई मार्ने बस बम विष्फोटको योजना र निरीक्षण गरेको र १९९० को दशकको मध्यमा तीन इजरायली सैनिकहरूलाई पक्रने र मार्ने कार्यमा संलग्न भएको आरोप लगाएको थियो ।उनले हमास लडाकुहरूलाई गाजाबाट इजरायलभित्र पस्न अनुमति दिने सुरुङ निर्माणमा इन्जिनियरलाई मद्दत गरेको पनि इजरायलको दाबी छ । 
 

प्रतिक्रिया