मोदीले दिए पदबाट राजीनामा, तेस्रोपटक प्रधानमन्त्री बन्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनसँगै आफु नेतृत्वको मन्त्रिमण्डलले १७ औँ लोकसभा भंग गर्ने सिफारिस राष्ट्रपतिकहाँ गरेपछि उनले राजीनामा दिएका  हुन । राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र पनि बुझाएका हुन् । प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्रुबाट नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरिन् । मंगलबार सार्वजनिक लोकसभाका ५ सय ४३ सिटकै नतिजाअनुसार मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने अवस्थामा पुगेका छन् । भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् लोकसभामा बहुमतमा छ । भारतीय जनता पार्टीका उम्मेदवारले २४० लोकसभा सिट जिते । तर यस पटकको चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० मै समेटिएको हो । नयाँ सरकार गठनका लागि गठबन्धनका अन्य दलसँग सहयोग माग्नुपर्ने भएको छ । यसअघि भाजापा एक्लैले सन् २०१९ मा ३०३ र २०१४ मा २८२ सिट जितेको थियो । 
 

प्रतिक्रिया