देउवासँगको भेटवार्तापछि सिंहदरबारमा प्रचण्ड, केपी र माधवबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । यसअघि बालुवाटारमा प्रधानमन्त्री, ओली र देउवाबीच करिब तीन घण्टा भेटवर्ता भएको थियो ।त्यसअघि प्रचण्ड र माधवबिच भेटवार्ता भएको थियो । प्रचण्ड देउवा र ओलीबिचको बालुवाटार छलफललगत्तै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबिच पुनः भेट भएको हो ।
भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइए पनि नेताहरूले मुख खोलेका छैनन् ।कांग्रेससँगको छलफलपछि भएको भेटवार्तालाई अर्थपूर्ण लिइएको छ भने सम्बन्धित पार्टीका नेताहरुले भने सामान्य राजनीतिक भेट भएको बताएका छन् ।
प्रतिक्रिया