ट्रम्प ३४ अपराधमा दोषी ठहर, राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । पोर्न स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्धलाई दबाउन लाखौं डलर दिएको आरोप लागेका ट्रम्पलाई न्युयोर्कको अदालतले दोषी ठहर गरेको हो । उनलाई जेल सजाय पनि हुने भएको छ । सजाय भने पछि तोकिने अदालतले जनाएको छ ।  अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचनका बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्ससँगको आन्तरिक सम्बन्ध लुकाउनकै लागि अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको जिल्ला अदालतमा ट्रम्पको मुद्दा चलेको थियो । १२ जनाको स्वतन्त्र न्यायाधिसको जुरीले उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण राखेको सहितका अन्य ३४ मुद्दामा दोषी ठहर गरेको छ । झण्डै ६ हप्तासम्म चलेको बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ । अमेरिकाका ४५ औं राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने उनी पहिलो राष्ट्रपति हुन । ट्रम्प आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार समेत हुन् । फैसला पछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले फैसला अपमानपूर्ण आएको भन्दै अदालतमा धाँधली भएको बताए । अदालतले दोषी ठहर गरेपनि आगामी निर्वाचनमा जनताले सही फैसला गरेर चुनाव जिताउने बताए ।उनले यसको सही निर्णय अव जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए । फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनको आगामी राजनीतिक यात्रामा समस्या आउनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन। 
 

प्रतिक्रिया