आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्णरूपमा क्षतिग्रस्त

बङ्गलादेशमा आएको रेमल आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ । अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको बताइएको छ । तीन जनाको भने डुमेर मृत्यु भएको बताइएको छ ।  ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्णरूपमा क्षतिग्रस्त बनेका छन । आँधीवाट एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पु¥याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्णरुपमा क्षति पुगेको छन । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पु¥याएको बताइएको छ ।  आइतबार राति ‘रेमल’ नाम दिइएको समुन्द्री आँधीले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो ।  सोमबार दिउँसोसम्म आँधी कमजोर भएपनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा असर पु¥याएको हो । चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च रहेको मौसम विभागले जनाएको छ । आँधीका कारण चटगाँव क्षेत्र पूर्णरूपमा विद्युतविहिन बनेको छ आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको हो ।  उता रेमल चक्रवातका कारण कोलकातामा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन । कयौँ स्थानमा रुखहरू उखेलिएर ढल्दा सवारी आवागमन प्रभावित भएको बताइएको छ । मुसलधारे वर्षाका कारण कयौँ स्थान जलमग्न समेत बनेको छ । मेट्रो रेल र सडकमा सवारी आवागमन अवरुद्ध भएको बताइएको छ । पश्चिम बंगाल बाहेक त्रिपुरामा पनि सावधानीका रूपमा एउटा टोली तैनाथ गरिएको छ । 
 

प्रतिक्रिया