केराखेती बाट वार्षिक ४ लाख मुनाफा
वालिङ । स्याङ्जाका एक किसानले केराखेती बाट वार्षिक ४ लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेती बाट उक्त रकम आर्जन गरेका हुन् ।
सबै खर्च कटाएर १ वर्षमा ४ हजार ५ सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचा बाट नै खरिद गर्छन् ”, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।
तीन वर्ष अघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन् । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका थिए । उनको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।
उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आएका छन्। बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन् । उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन् ।
रासस

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
_B9c0XM33ID_jdn0ww1zjz9xmodch87nd88dglqo6cfdxybjbqvldzots39uyqrdrvvmi6mv_CUX2Uc7FXm_maowogagnfpdxirsvoo16gkmkemf1tpvbcvdridxyj7uho0vab8kvil0jtl3.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

म्याग्दीमा झाडी फाडेर सुन्तला बगान

केराका बोट सुक्न थालेपछि किसान चिन्तित
_G9KCROLXu6_drydeu1ia46xr9n7q6rn6ukvzco4pptmjecdqtecinfagh901lqztjdkze3k_twon3IJAYN_qlhw6n8wltjgvarfzz3kywynjoyzdwgtcjc36cpcopyaub8knfp8b1pq6icj.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
_vPTwF5aHaj_lf4aes0mjve4q8ynzkiptw7snslvpxiwd5jfeqlkmzg7od9ki1nmngivlv1b_kB8M8NkHtd_scboyomdowefkawyidztskmfjf1ugbgglyahmlydvzutaovw2uleg8qn6mzj.jpg)
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित

प्रतिक्रिया