फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो

नेपालमा पुन कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनोमसिक्वेन्सिङ कोभिड नाइन्टिनको नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशालाका अनुसार  पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको  कोरोनाको ओमिक्रोन भेरिएन्टको  नयाँ  सब–भेरिएन्ट “केपी वान” र केपी टु नेपालमा पुष्टि भएको छ। हालै गरिएको ४२ कोभिड पोजेटिभ केसको जिनोमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी वान” र केपी टु नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका नमुनामा ओमिक्रोन जेएन वान र टु नमुनामा, ओमिक्रोन बीए टु , १२ नमुनामा, ओमिक्रोन केपी वान १७ नमुनामा, ओमिक्रोन  केपी टु एक नमुनामा र ओमिक्रोन  केपी थ्रि केपी फोर क्रमशः एक एक नमुनामा भेटिएको हो ।  छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको  कोरोनाको नयाँ सब–भेरिएन्ट ‘जेएन वान नेपालमा पनि देखिएको थियो ।  तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेको नयाँ भेरिएन्ट “केपी वान र केपी टु नेपालमा पुष्टि भएको हो । 
 

प्रतिक्रिया