नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालले त्रिकोणात्मक महिला अन्तरराष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको हो ।
नेपालका लागि पूजा महत्तोले सर्वाधिक ६२ रन योगदान दिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन ।
कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नट आउट रहिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन् भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए । रासस

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया