इजरायली प्रधानमन्त्री र हमासका नेताविरुद्ध आईसीसीमा मुद्दा

हमाससँग तुलना नगर्न नेतान्याहुको चेतावनी

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री योभ गालान्ट र हमासका तीन शीर्ष नेताहरूको नाममा पक्राउ पुर्जी जारी गर्न माग गर्दै मुद्दा दायर भएको छ । गाजामा नरसंहार र युद्ध अपराध गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गर्दै मुद्दा दायर भएको हो । अभियोजनमा इजरायलका प्रधानमन्त्री र रक्षामन्त्री तथा हमासका तीन शीर्ष नेता येह्या सिनवार, मोहम्मद देइफ र इस्माइल हनियाहविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ । मुख्य अभियोजक करिम खानले अक्टोबर ७ यता आफ्नो कार्यालयले जुटाएका प्रमाणहरूको समीक्षाका आधारमा गाजामा  युद्ध अपराध भएको र त्यसका लागि इजरायल र हमासको नेतृत्व लागि जिम्मेवार रहेको बताएका छन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफुलाई पक्राउ पुर्जी माग गरेकोमा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकप्रति आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री नेतन्याहुले लोकतान्त्रिक इजरायललाई हमाससँग तुलना गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले सामुहिक हत्याराका रुपमा परिचित हमाससँग इजरायलको तुलना गरिएकोमा आपत्ती जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास बीच कुनै समानता नभएको टिप्पणी गरेका छन् । आईसीसीले हमासका नेता याह्या सिनवारलाई युद्ध अपराधको लागि वारेन्ट जारि गरिसकेको छ । सन् २००२ मा स्थापना भएको अदालतमा इजरायल र अमेरिका सदस्य बनेका छैनन । आईसीसीले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।।

प्रतिक्रिया