अमेरिकाले बढायो चीनमा निर्मित सामग्री आयातमा चर्को कर

अमेरिकी राष्ट्रपति जो वाइडेनले चीनमा निर्मित विद्युतीय कार, सोलार प्यानेल, स्टील र अन्य सामग्रीको आयातमा चर्को कर बढाएका छन् । ह्वाइट हाउसका अनुसार चीनबाट आउने विद्युतीय कारमा एक सय प्रतिशत बोर्डर करको व्यवस्था गरिएको छ । मंगलबार गरिएको घोषणाले करिब १८ बिलियन डलरको आयातलाई झड्का दिनेछ । घोषणाअनुसार विद्युतीय सवारीमा कर २५ बाट १०० प्रतिशत र सोलार सेलमा २५ बाट ५० प्रतिशत  बढ्नेछ । स्टील र आल्मुनियम उत्पादनमा तीन गुणाभन्दा बढीसम्म जस्तो ७ दशमलब ५ प्रतिशतबाट २५ प्रतिशत पुर्याइएको छ । चीनले यस्तो संकेत पाएपछि यसअघि नै यो योजनाको आलोचना गरेको थियो । अमेरिकाले चीनको अनुचित नीतिको प्रतिक्रिया स्वरुप र अमेरिकी रोजगारीको संरक्षणका लागि नयाँ नीति ल्याइएको जनाएको छ । चुनावी वर्ष भएकाले मतलाई आकर्षित गर्न सरकारले कर बढाएको अनुमान गरिएको छ । अमेरिकाले चिनियाँ विद्युतीय गाडीसहित कैयौँ सामानमा चर्को कर लगाएको छ । 

प्रतिक्रिया