मोदीले गराए वाराणसी लोकसभा सिटका लागि उम्मेद्वारी दर्ता

लगातार तेस्रो पटक चुनाव जित्ने योजना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि आफ्नो उम्मेद्वारी दर्ता गराए ।  प्रधानमन्त्री मोदीले वाराणसीबाट आज तेस्रो पटक आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रस्तावक गणेश्वर शास्त्री द्रविडको उपस्थितिमा मोदीले उम्मेदवारी दर्ता गराएका हुन । उम्मेद्वारी दर्ता गराउनुअघि मोदी सोमबार साँझ ५ किलोमिटर लामो ’रोड सो’ सहभागी भएका थिए । उम्मेद्वारी दर्ता गर्नुअघि प्रधानमन्त्री मोदीले वाराणसीस्थित काल भैरवको दर्शन गरेका थिए । साथै, उनले दाश्वामेध घाटदेखि नमो घाटसम्मको यात्रा समेत गरेका थिए । उम्मेद्वारी दर्ता गर्ने क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र एनडीए गठबन्धनका नेताहरु पनि प्रधानमन्त्री मोदीसँगै उपस्थित भएका थिए । मोदीले सन् २०१४ र २०१९ मा वाराणसी लोकसभा सिटबाट चुनाव जितेका थिए । वाराणसीबाटै स्वतन्त्र उम्मेद्रुवारी घोषणा गरेका स्ट्यान्डअप कमेडियन श्याम रंगिलाले भने आफूलाई निर्वाचन आयोगले तीन दिनदेखि उम्मेद्रुवारी दर्ता गराउनबाट रोकेको आरोप लगाएका छन् । 

प्रतिक्रिया