एमाले कांग्रेससँग गठबन्धन गरेर सरकार परिर्वतन गर्ने पक्षमा छैन: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिर्वतन गर्ने पक्षमा नरहेको बताएका छन । आज बिहान प्रेस चौतारी पर्साले वीरगञ्जमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उनले एमाले सरकार परिवर्तनको खेलमा नरहेको बताएका हुन । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको उद्देश्य यस अघिको अपवित्र गठबन्धन भत्काउने रहेको र त्यसमा सफल भइसकेकाले नयाँ बनेको समकीरण तोड्ने पक्षमा नरहेको स्पष्ट पारे । 
वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्र, राष्ट्रियताका पक्षमा सदा खडा रहने एमालेमा जनताको आस्था र विश्वास रहेको अहिले भर्खरै सम्पन्न उपनिर्वाचनले स्पष्ट पारेको टिप्पणी समेत गरे । उहाँले एमाले अस्थिरताको राजनीतिलाई स्थिर बनाउनेतिर लागि परेको जिकिर उनको छ । उद्योग, उर्जा, कृषि, पर्यटन र पूर्वाधारलाई कसरी विकास गरेर लैजानुपर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको साथ एमाले अगाडि बढ्ने दाबीपनि पोखरेलले गरे । 

प्रतिक्रिया