स्वास्थ्यमन्त्री यादव र राष्ट्रसंघ महासचिव गुटेरेसविच न्यूयोर्कमा भेटवार्ता

उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरेससँगको भेटमा उनले सो आग्रह गरेका हुन । भेटमा यादवले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिएका हुन ।  संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामामा महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन । 

प्रतिक्रिया