इलाम दुई र बझाङ उपनिर्वाचनको मतगणना आज हुँदै

इलाम र बझाङमा आज मतगणना हुँदैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतपेटिका संकलन हिजै सकिएकाले आज सर्वदलीय बैठक बसेर केहीबेरपछि गणना सुरु गर्ने तयारी छ । इलामको गौतम बुद्ध सभा हलका दुई ठाउँमा मतगणनाको तयारी छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारबार गरी सिसीटिभी जडान गरिएको छ । इलाम–२ मा राजनीतिक दलका  र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । हिजो भएको उपचुनावमा ६० प्रतिशत मत खसेको छरु। एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । एमालेले उनका छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का प्रतिस्पर्धामा छन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन । उता त्यस्तै प्रदेशसभा सदस्यका लागि बझाङ– एकको एकमा भएको उपचुनावमा झन्डै ५० प्रतिशत मत खसेको छ । साइपाल गाउँपालिकाको मतपेटिका आज विहान सदरमुकाम आएपछि दिउसोवाट मतगणना गर्ने तयरी निर्वाचन कार्यालयको छ । बझाङ–१ को एकमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छनरु। कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि हिजो उपचुनाव भएको होरु। त्यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार छन भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन । 
 

प्रतिक्रिया