वैशाख १२ को भूकम्पको नौ वर्ष पूरा, सतर्कता नअपनाउदा भूकम्पको क्षति बढदो

नौ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको नवौं स्मृति दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पले आठ हजार नौ सय ७९ जनाको निधन भएको थियो भने २२ हजार तीन सय नौ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, ४९ हजार छ सय ८१ कक्षाकोठा, पाँच ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार दुई सय १२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ ।गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । थप १८ जिल्लापनि प्रभावित भएका थिए । भुकम्पको नौ बर्षपछि पनि लगातार भूकम्प र पराकम्पन जाने क्रम जारी छरु। वैशाख १२ को भूकम्पको मात्र ६० हजारभन्दा बढी पराकम्पन गएका थिएरु। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र स्थापना भएयता पूर्वदेखि पश्चिम नेपालसम्म गएका प्रमुख भूकम्पसमेत गरेर डेढ लाखभन्दा बढी पराकम्पन गएका छनरु। बाजुरा, डोटी, बझाङ, रुकुम र जाजरकोटमा भुकम्पको ठूलो क्षति पु¥याएको छ ।। 
 

प्रतिक्रिया