जिबुटीको तटीय क्षेत्रमा डुंगा दुर्घटना, सो¥ह आप्रवासीको मृत्यु
अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ । २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम ले जनाएको छ । इथियोपियाली आप्रवासी बोकेको डुंगा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो । डुगामा बालबालिकासहित ७७ जना आप्रवासी चढेका थिए । जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० भन्दा बढी यात्रु बोकेको अर्को डुंगा डुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ। घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो । डुंगाले इथियोपियाली आप्रवासीलाई जिबुटीबाट युद्धग्रस्त यमनतर्फ लैजाँदै गरेको बताइएको छ । हरेक वर्ष हजारौँ अफ्रिकी आप्रवासीले द्वन्द्व वा प्राकृतिक विपत्तिबाट बच्न वा राम्रो आर्थिक अवसरको खोजीमा युद्धग्रस्त यमन हुँदै ‘रेड सी’ पार गरेर खतरनाक ‘पूर्वी मार्ग’ पार गर्दै साउदी अरब पुग्ने गरेका छन ।।
प्रतिक्रिया