इङलिस प्रिमियरमा आर्सनलको सानदार जित, चेल्सी पाँच शुन्य गोल अन्तरले पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा शीर्ष स्थानको आर्सनलले चेल्सी माथि ५–० को सहज जित निकालेको हो । आर्सनललाई जित दिलाउन बेन ह्वाइट र काइ हाभार्ट्जले समान दुई गोल गरेका हुन् । लेआन्द्रो ट्रोसार्डले एक गोल थपे । आर्सनलले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । जितसँगै ३४ खेलवाट आर्सनलले ७७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ३३ खेलबाट ७४ अंक छ । ३२ खेलमा ७३ अंक जोडेको म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ । यस सिजन खराब प्रदर्शन गरिरहेको चेल्सी ३२ खेलबाट ४७ अंकसहित तालिकाको नवौं स्थानमा छ । 

प्रतिक्रिया