कतारका राजा थानी काठमाडौंमा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन्। उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्। अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन्।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेशको भ्रमण गरिसकेका छन्। पहिलोपटक नेपाल आउन लागेका अमिरको नेपालमा दुई दिने भ्रमण रहने छ ।

प्रतिक्रिया