धादिङमा औषधिमा प्रयोग हुने रसायन बोकेको ट्रकमा आगलागी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने रसायनहरु काठमाडौँतर्फ जाँदै गरेको ना ४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको हो । गर्मीको समयमा ट्रकमा रहेका रसायनहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।
आगो स्थानीय, सुरक्षाकर्मी र धुनिवेसी नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबारे थप अनुसन्धान भैरहेको छ । चालक र सहचालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । आगलागीका कारण केही समय राजमार्गमा दुबैतर्फ सवारी आवागमन रोकिएको थियो ।  

प्रतिक्रिया