आफ्नो पुरानो अभिव्यक्ति खोतलिएको भन्दै गृहमन्त्री लामिछानेको असन्तुष्टि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले केही वर्षअघि दिएको अभिव्यक्ति खोतलिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । आठ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै ‘बाउको मुख हेर्ने दिन’ को संज्ञा दिएको स्टाटससामाजिक सञ्जालमा फैलिएपछ आज लामिछानेले त्यसवारे प्रतिक्रिया दिएका हुन । कतारी राजाको आगमनमा नेपाल सरकारले दिएको बिदाको सन्दर्भमा पुरानो ‘स्टाटस’ सार्वजनिक गर्दै चौतर्फी आलोचना भएपछि फेसबुकमार्फत नै उनले असन्तुष्टि व्यक्त गरेका हुन । आफ्नो बचाउ गर्दै उनले वर्षौँदेखिका  गलत अभ्यास सच्याउन समय लाग्ने भन्दै विगतका कैयौँ परम्परालाई नीतिगत निर्णय गरी सच्याउनुपर्ने बताएका हुुन । गृहमन्त्री लामिछानेले ले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै रिजल्ट पनि आउने जानकारी समेत दिएका छन । परिणाम छिट्टै आउने र  विधि नै नफेरीकन कुनै व्यक्ती, देश वा घटना हेरेर फरकफरक निर्णय गरिनु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिइएकोबारे सरकारको आलोचना हुँदै आएको छ । 

प्रतिक्रिया