गाजापट्टीमा इजरालयको आक्रमण्मा ज्यान गुमाउने चौतिस हजार नाघे

काठमाडौं । गाजाको खान युनिसको नासेर अस्पतालबाट अहिलेसम्म दुई सय जनाको शव निकालिएको छ । गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको  सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेका हुन् । शवहरूलाई अस्पताल छेउ गाडेको पाइएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इजरायलले अस्पतालमा शव फेला परेको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।  इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या भएको हमासले दावी गरेको छ । अस्पताललाई केही समयअघि इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । खान युनिस अस्पताल वरपरको क्षेत्रमा केही हप्तासम्म भएको युद्धपछि इजरायली सेनाहरू दुई हप्ता अघि त्यहाँबाट पछि हटेका थिए । यसैविच गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ ।  हमास शासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको जनाएको हो । ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन ।
 

प्रतिक्रिया