निगमको न्यारोबडी जहाज आज काठमाडौँ आइपुग्ने

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ आइपुग्ने भएको छ ।  इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी आज काठमाडौँ आइपुग्ने भएको हो  सो जहाजको दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियोरु। जहाज मर्मतसम्भारका लागि इजरायलको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी आइएआई)सँग निगमको सम्झौता भएको थियोरु। जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिन व्यवस्था गर्ने अथवा बिग्रेको इन्जिन ६५ दिनभित्र मर्मत गरेर हस्तान्तरण गनुपर्ने व्यवस्था आइएआईसँग भएको सम्झौतामा उल्लेख छरु। यसो हुन नसक्दा निगमको घाटा बढेकोलगायतका कारण देखाउँदै निगमले क्षतिपूर्ति माग गर्ने तयारी गरेको छ । जहाज नेपाल फर्काउन निगमका वरिष्ठ पाइलट नृपेन्द्र भट्टराई, अरविन्दराज पहारीलगायतको चालक दल इजरायलको तेलअबिब पुगिसकेको छरु। जहाज तेलअबिब–दुबई हुँदै काठमाडौँ आउन लागेको होरु। लामो समयदेखि ग्राउन्डेड जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दा करोडौँ रुपियाँ आम्दानी गुम्दै आएको निगमको दाबी छरु। उडान कटौती हुँदा भारतको दिल्ली, मुम्बई, बेङलुरुलगायत गन्तव्यमा जाने यात्रुले विदेशी वायुसेवाको प्रयोग गर्दै आएका छन् ।।  

प्रतिक्रिया