गण्डकी  र सुदुरपश्चिम सरकारविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

दुबै सरकार गैर संबैधानिक भएको निवेदनको दाबी

गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको आज सुनुवाइ हुँदैछ । गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको दाबी नै गैर संवैधानिक भएको भन्दै नियुक्ति बदरको माग गर्दै पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले उनलाई दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न चैत २८ गते अन्तरिम आदेश दिएको थियो ।  त्यस्तै आज पूर्ण इजलासमा सुनुवाइ हुने मिति तोकेको छ । सभामुखको मतलाई समेत जोडेर बहुमत पु¥याइएको भन्दै सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसका प्रदेश सभा सदस्य पाण्डे सर्वोच्च गएका हुन । त्यस्तै सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटको पनि आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्तिका चौधरी सर्वोच्च पुगेका हुन । उनले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरेका छन ।  
 

प्रतिक्रिया