महिला सांसदहरुलाई हतोत्साहि नगरौँ – उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्साहि गर्नु नहुने बताएकी छिन । आज आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी गरेर अत्याउने र हतोत्साहि गर्नु नहुने बताएकी हुन । उपाध्यक्ष घिमिरेले विगतका राजनीतिक आन्दोलनमा सक्रिय भुमिका खेलेका महिलाहरुलाई सांसद बनाउँदा बोल्ने कलाको विकास नहुनु स्वभाविक भएको भन्दै त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताइन । 
उपाध्यक्ष घिमिरेले उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाहरुकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने समेत उल्लेख गरिन । उनले आगामी दिनमा आउने नयाँ विधेयकहरु राष्ट्रिय सभामा दर्ता गरेर अगाडी बढाउनुपर्ने समेत बताइन । नयाँ विधेयकहरु राष्ट्रिय सभामा दर्ता गरेर दुवैतिर छलफल गर्न सकेमा विधेयकहरु छिटो पारित हुने सम्भावना हुने उपाध्यक्ष घिमिरेको भनाइ छ । उपाध्यक्ष घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा समेत गरेकी छिन ।  उनी गत चैत्र २८ गते नेकपा एमालेको तर्फवाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन । 
 

प्रतिक्रिया