अहिलेको गठबन्धन पुरै कार्यकाल टिक्छ: प्रधानमन्त्री दाहाल

नयाँ बजेट परम्परागत भन्दा फरक हुने दाबी

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धन पुरै कार्यकाल सम्म रहने दाबी गरेका छन । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम पुगेका प्रधानमन्त्री दाहालले आज धनगढी बिमानस्थलमा पत्रकार सँग कुरा गर्दैे बाहिरी आएको हल्ला जस्तो सत्ता गठबन्धनमा समस्या नरहेको बताएका हुन । सत्ता समिकरण बामपन्थीको मात्र भनेर नगरेको भन्दै अध्यक्ष दाहालले राम्रो सहकार्य र सहमति कायम भए बाम एकताको सम्भावना रहने स्पष्ट पारे ।  
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्परागत भन्दा फरक हुने पनि बताए । वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम र बजेटको मस्यौदा तयार भैसकेको पनि उनले बताए ।  
प्रधानमन्त्री दाहालले प्रदेशमा सरकारहरु गठनको क्रम अन्तिम चरणमा पुगेको बताए । कोशीमा पनि गठबन्धनकै सरकार गठन हुने उनको भनाइ थियो ।

प्रतिक्रिया