दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनको जित

दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ । बुधवार ३ सय सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी डीपीसहितको गठबन्धनले १ सय ७५ सिट जितेको छ । यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी पीपीपीले १ सय ९ सिट जितेको छ । दक्षिण कोरियामा बुधवार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्ष यताको सबैभन्दा धेरै हो । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन । मुख्य विपक्षी डेमोक्रेटिक पार्टी र माइनर रिबिल्डिङ कोरिया पार्टी लगायत देशको फराकिलो उदारवादी गुटले संसदीय चुनावमा तीन–पाँच भाग भन्दा बढी सिट जितेको छ । जसलाई राष्ट्रपति यूनको राज्य मामिलाको व्यवस्थापनको मूल्याङ्कन गर्न मध्यावधि जनमत संग्रहको रूपमा रूपमा हेरिएको छ । राष्ट्रिय सभाका ३ सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २ सय ५९ मतदान केन्द्रमा २ सय ५४ निर्वाचन क्षेत्र र ४६ स्लटका लागि मतदान भएको थियो । यसैविच दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले संसदीय चुनावमा सत्तारुढ पिपुल पावर पार्टीको हारपछि राजीनामा दिएका छन । राष्ट्रिय सुरक्षा कार्यालयका सचिव बाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया