हमास नेता इस्माइल हानियाहका तीन छोरा हवाइ आक्रमणमा मारिए

इजरायलले जातीय नरसंहार गरेको आरोप

उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोराको मृत्यु भएको छ । इजरायलले मुस्लिमहरूको ईद अल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजनाको मृत्यु भएको हो ।अल जजीरासँगको एक अन्तर्वार्तामा हानियाले आफ्ना छोराछोरी हाजेम, आमिर र मोहम्मद र उनका धेरै नातिनातिनाहरूको हत्या भएको पुष्टि गरेका हुन । शती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरुलाई निशाना बनाइएको हो । प्रमुख इस्माइलका अनुसार भतिजीसहित परिवारका करिब ६० सदस्य युद्ध सुरु भएदेखि मारिएका छन । गाजाको भूमिमा जातीय सफाया र नरसंहार र सामूहिक विस्थापन भैरहेको उनको भनाइ छ । इजरायलले खाद्यान्न वितरणमा रोक र घातक हवाई आक्रमणहरू जारी राखेकोले गाजाका बासिन्दाहरूले मौन इद मनाएका छन् । अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा ३३ हजार ४ सय ८२ प्यालेस्टाइनी मारिएका छन् । ७६ हजार ४९ जना घाइते भएका छन् । त्यस्तै इजरायलमा मर्नेको संख्या १ हजार १ सय ३९ पुगेको छ । 
 

प्रतिक्रिया