आगो निभाउने क्रममा घाइते चार सैनिकमध्ये तीन जनाको मृत्यु

डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानीका हेमन्त रावल, काभ्रेका केशवबहादुर मगर र हुम्लाका आशिस बुढा रहेका छन । घाइते विजय कोइरालाको उपचार जारी छ । चैत २५ गते ठूलीभेरी नगरपालिका–४ मा रहेको तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गुल्मका चार सैनिकहरू घाइते भएका थिए । तत्कालै उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोल्पा पु¥याइएको थियो ।  त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा जुम्लाको तातोपानी गाउँपालिका–४ का २४ वर्षीय रावतको मृत्यु भएको थियो । अन्य तीन जनालाई भने थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । जसमध्ये जमदार जर्गा मगर र सिपाही बुढाको मंगलबार निधन भएको नेपाली सेनाले जनाएको छ । घाइते प्युठ कोइरालाको भने कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । नेपाली सेनाका अनुसार आगलागी नियन्त्रणका लागि आठ सय स्थानमा १२ हजार पाँच सय सैनिक परिचालन भएका छन् । 
 

प्रतिक्रिया