गाजाको नुसेरात शिविरमा इजरायली सेनाद्वारा हवाई आक्रमण

इजरायली सेनाको हवाई आक्रमणमा परेर गाजाको नुसेरात शिविरमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।गएराति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय स्क्वायरलाई लक्षित गरी सेनाले आक्रमण गरेको हो । आक्रमणमा कयौं घाइते भएका छन । मध्य गाजाको देर अल–बालाह र सुदूर दक्षिणमा रफाहमा पनि इजरायलले आक्रमण गरेको छ ।आक्रमणमा हमासको ‘आपतकालीन समिति’का प्रमुख हतेम अल घामरी मारिएका छन् । सो समिति नगरपालिकाहरूमा सार्वजनिक व्यवस्था र नागरिक नियन्त्रण कायम राख्ने जिम्मा लिएको हमासको निकाय हो । हमासले मंलबार गाजामा युद्धविराम गर्ने इजरायली प्रस्तावले प्यालेस्टिनी लडाकु गुटहरूको माग पूरा नगरेको तर प्रस्तावलाई थप अध्ययन गरी मध्यस्थकर्ताहरूलाई प्रतिक्रिया दिने बताए लगत्तै आक्रमण भएको हो । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले कायरोमा भएको वार्तामा प्यालेस्टिनी इस्लामवादी आन्दोलनलाई यो प्रस्ताव हस्तान्तरण गरेका हुन । उता युद्धविराम सम्झौताका लागि हमासको माग पूरा गर्न इजरायलले अस्वीकार गरेको छ । इजरायलले हमासको कुनै पनि माग पूरा नगर्ने जनाएको छ । 

प्रतिक्रिया