इजरालयका मुख्य शहरमा सरकारको विरोधमा बृहत प्रदर्शन

काठमाडौं । इजरायलमा सरकारको विरोधमा बृहत प्रदर्शन भएको छ । गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलका मुख्य शहरमा प्रदर्शन भएको हो । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागीहरुले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग राखेका छन । उनीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजीनामा समेत मागेका छन । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गर्दा दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरुमध्ये एक सय २४ जना रिहा भएका छन् । बाँकी एक सय २९ जनामध्ये इजरायली सेनाले अहिलेसम्म १४ जनाको शव फेला पारेको छ । बाँकीको अवस्था भने अज्ञात छ । इजरायलको आक्रमणवाट गाजामा ३३ हजार एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविराम भएपनि त्यसपछि वार्तामा ठोस प्रगति भएको छैन । इजिप्ट र कतारले सहमति प्रयासका लागि प्रयास भने जारी राखेका छन ।

प्रतिक्रिया