नेपाल र आयरल्याण्ड विचको एक दिवसीय अभ्यास खेल आजवाट सुरु

काठमाडौं । नेपाल ए र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज सुरु भएको छ । त्रिबि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गरिरहेको छ । यसअघि सम्पन्न टी–२० सिरिज आयरल्याण्ड उल्भ्सले २–१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले सुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ’ए’ ले जितेको थियो । अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया